शेयर बजारको गिरावट थामिएन, कारोबार पनि २० करोडमै सिमित

0
Shares

पछिल्ला दिनहरुमा शेयर बजारमा ठूलो गिरावट नदेखिएपनि बजार घट्ने क्रम भने रोकिएको छैन् । बजारको घट्दो क्रमले बुधबार पनि निरन्तरता पाएको छ भने कारोबारमा पनि गिरावट आएको छ ।

बजारको चमक हराएपछि कारोबारमा समेत सुस्तता देखिन थालेको छ । बुधबारको बजारमा नेप्से सूचक १.४४ अंकले ओरालो लागेर ११३८.०२ अंकमा झरेको छ । यसदिन १६० कम्पनीको ७ लाख ५० हजार कित्ता शेयर २० करोड ६२ लाख रुपैयाँ बराबरमा किनबेच भयो ।

कारोबारमा आएका १२ समूहमध्ये व्यापार, माइक्रोफाइनन्स, जीवन बीमा र म्युचुअल फण्डको सूचक बढेको छ भने अन्य सबै समूह ओरालो लागेको छ । यसदिन माइक्रोफाइनान्स ४.४७, जीवन बीमा कम्पनी २१.३८, ब्यापार समूहको उपसूचक १७.१६ अंकले बढेको छ । बैंकिङ समूह ०.०३, डेभलपमेन्ट बैंक ६.९५, निर्जीबन बीमा कम्पनी ४.३८, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ७.७६ अंकले घटेका छन् । 

सबैभन्दा धेरै प्रभु बैंकको चार करोड ३३ लाख रुपैयाँको खरिद बिक्री भएको छ। त्यस्तै नविलको एक करोड रुपैयाँको कारोबार भएको छ।

साल्ट ट्रेडिङको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। साल्ट ट्रेडिङको शेयरध मूल्य बुधबार मात्रै प्रतिकित्ता ६५ रुपैयाँ बढेको छ । नयाँ नेपाल लघुवित्त विकास बैंक, सिनर्जी पावर डेभलपमेन्ट, गुँरास लाईफ इन्स्योरेन्स लगायतको शेयर मूल्य बढेको छ । सबैभन्दा धेरै

महालक्ष्मी विकास बैंकका शेयरधनीहरुले सबैभन्दा धेरै गुमाएका छन्। यूनियन हाईड्रोपावर, गुडविल फाइनान्स, तिनाहु मिसन डेभलपमेन्ट बैंक लगायतको शेयर मूल्य धेरै घटेको छ ।