धितोपत्र बोर्डमा रोजगारीको अवसरः २३ कर्मचारी माग

0
Shares

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा रोजगारीको अवसर खुला भएको छ ।

बोर्डले विभिन्न तह तथा पदमा रिक्त रहेका पदमा पदपूर्ति गर्नका लागि खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

बोर्डले शुक्रबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कुल २३ कर्मचारीको पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो । बोर्डले निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पदमा आवेदन माग गरेको छ ।

कात्तिक १७ गतेसम्म योग्यता पुगेका नेपाली नागरिकले अनलाइन माध्यमबाट आवेदन दिन सक्नेनछन् भने थप एक साता (कार्तिक २४ गते) भित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।