शतप्रतिशत हकप्रद बेचेको मेरो माइक्रोफाइनान्सको आशलाग्दो प्रगति

0
Shares

शतप्रतिशत हकप्रद बेचेर चुक्ता पूँजी दोब्बर बनाएको मेरो माइक्रोफाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा आशलाग्दो वित्तीय विवरण सार्वजनिक गरेको छ ।

संस्थाका अधिकांस सूचक सकारात्मक रहेपनि पूँजी वृद्धिको अनुपातमा प्रतिशेयर आम्दानी असन्तुलनमा रहेको छ भने खराब कर्जा समेत सामान्य बढेको छ ।

माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४ करोड २७ लाख खुद नाफा कमाएको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ५५.९२ प्रतिशत धेरै हो ।  गत वर्ष यसैअवधिमा संस्थाले २ करोड ७४ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्ष अवधिमा कम्पनीले १ करोड ५३ लाख खुद नाफा बढाएको हो। 

शतप्रतिशत हकप्रदब बेचेर ३२ करोड ८९ लाखबाट चुक्ता पूँजी ६५ करोड ७८ लाख पुर्याएको कम्पनीको जगेडाकोष झनै मजबुत देखिएको छ । जसको जगेडाकोषको आकार १० करोड ४१ लाखबाट ४२ करोड ६५ लाख पुगेको छ ।

पूँजी वृद्धिको तुलनामा कमाई नबढ्दा भने कम्पनीको प्रतिशेयर आम्दानीमा गिरावट देखिएको छ । माईक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३३ पैसाबाट २५ रुपैयाँ ९८ पैसामा खुम्चिएको छ ।

माइक्रोफाइनान्सले असोज मसान्तसम्ममा एक अर्ब ३१ करोड निक्षेप संकलन र ३ अर्ब ५५ लाख सापटी लिएर ४ अर्ब ८८ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट कम्पनीले ११ करोड ९७ लाख ब्याज आम्दानी गरेको छ ।

माइक्रोफाइनान्समा निष्कृय कर्जा अनुपात ०.१२ ले बढेर १.६० प्रतिशतमा पुगेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ८४ पैसा छ र मूल्य आम्दानी अनुपात २१.१७ गुणा छ।

गत आवको मुनाफाबाट समेत लघुवित्तले आफ्ना शेयरधनीलाई ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

पल पलको अपडेटका लागि हाम्रो फेसबुक पेज  Note Bazar लाइक तथा फलो गर्नुहोस् ।