बरुण हाइड्रोपावरको साढे ३ लाख कित्ता सेयर लिलामीमा

0
Shares

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको साढे ३ करोड मूल्यको सेयर लिलामी बिक्री गर्ने भएको छ ।

कम्पनीले यसअघि जारी गरेको चुक्ता पुँजीको शतप्रतिशत हकप्रदमा अवितरित सेयर कात्तिक १४ गतेदेखि २१ गतेसम्म बिक्रीमा आउन लागेको हो ।

कम्पनीले भदौ ६ गतेदेखि ३१ गतेसम्म निष्कासन गरेका हकप्रदमा सर्वसाधारण समूहतर्फको ३ लाख ५५ हजार ६० कित्ता सेयर अवितरित भएको थियो । सोही सेयर लिलामीमा आउन लागेको हो ।

लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम मूल्य वा सो भन्दा बढी प्रतिस्पर्धी मूल्यमा न्यूनतम १०० कित्ता वा सोभन्दा बढी १० अंकले भाग जाने संख्यामा वा अधिकत्तम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै राष्ट्रिय वाणिज्य बैंकको वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ्ग बजार, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौंडा, तुल्सीपुर, महेन्द्रनगर, विराटनगर शाखा कार्यालय तथा पोखराको क्षेत्रीय कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३० आश्विन २०७९, आइतबार  १३ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।