सुनको भाउ सोमबार सामान्य बढ्यो, चाँदीको स्थीर

0
Shares

सुनको भाउ असोज ३१ गते सोमबार तोलामा २०० सय रुपैयाँले बढ्दा चाँदीको भाउ भने स्थीर रहेको छ । आइतबार घटेको सुनको भाउमा सोमबार सामान्य वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजावी सुनको भाउ ९२ हजार ८०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भैरहेको छ ।

महासंघका अनुसार हिजो आइतबार सुनको भाउ १ हजारले घटेर छापावाल प्रतितोला ९३ हजार १०० रुपैयाँ र तेजावी सुन ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १६५० डलर तथा चाँदी प्रतिऔंस १८.४३ डलर हाराहारीमा कारोबार भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।