ओरालो बजारको कारोबार एनएमबिले उकास्यो, ३० प्रतिशत हिस्सा

0
Shares

पछिल्ला दिनहरुमा निरन्तर ओरालो लागिरहेको शेयर बजारमा विहीबार ६ अंकको गिरावट आएको छ । बजार ओरालो लागेपछि ओमसँगको मर्जरपछि आजै शेयर कारोबार खुलेको एनएमबिले कारोबार भने उकासेको छ ।

विहीबारको बजारमा नेप्से सूचक ६.०५ अंकले ओरालो लागेर ११३१.९७ अंकमा झरेको छ । यसदिन १६३ कम्पनीको १२ लाख ९६ हजार कित्ता शेयर ३७ करोड ४१ लाख रुपैयाँ बराबरमा किनबेच भयो ।

यसदिन एनएमबि बैंकको मात्रै ११ करोड २६ लाख बराबरको शेयर किनबेच भएको छ । यो कुल कारोबारको ३० प्रतिशत हिस्सा हो । एनएमबिको उच्च कारोबार भएपनि शेयर मूल्य भने ओरालो लागेको छ । एनएमबिको शेयर मूल्य १.२३ प्रतिशत अर्थात प्रतिकित्ता ४ रुपैयाँ ३२ पैसाले झरेर ३४७ रुपैयाँमा झरेको छ । यसदिन एनएमबि बैंकको ३ लाख २८ हजार कित्ता शेयर किनबेच भयो ।

कारोबारमा आएका ११ समूहमध्ये व्यापार, र्निजीवन बीमा र म्युचुअल फण्डको सूचक सकारात्मक रहदा अन्य सबै समूह ओरालो लागेको छ । उत्पादन समुहको १९, र्निजीवन बीमाको १२.१४ अंकले बढेको छ । यसदिन जीवन बीमा समूहको सबैभन्दा धेरै ४०.१२ अंकले ओरालो लागेको छ । यस्तै होटल समूहको २६.२८ अंक, माइक्रोफाइनान्स ०.४२, बैंकिङ समूह ६.६६, अंकले घटेका छन् ।

साल्ट ट्रेडिङको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। साल्ट ट्रेडिङको शेयर मूल्य विहीबार मात्रै प्रतिकित्ता ७२ रुपैयाँ बढेको छ । एनआईसी एशिया ग्राथ फण्ड, सगरमाथा इन्स्योरेन्स,नेशनल हाइड्रो तथा रैराङ हाइड्रो लगायतको शेयर मूल्य बढेको छ ।

रिडी हाइड्रोका शेयरधनीहरुले सबैभन्दा धेरै गुमाएका छन्। जसको शेयर मूल्य पाँच प्रतिशत बढीले ओरालो लागेर प्रतिकित्ता ७३ रुपैयाँमा झरेको छ । ओरेन्टियल होटल, सिनर्जी हाइड्रो, खानी खोला लगायतको शेयर मूल्य धेरै घटेको छ ।