बिओके क्यापिटलको साधारण सभा भोलि, लाभांश सहित यस्ता एजेण्डाहरु हुँदैछन् पारित

0
Shares

बिओके क्यापिटल मार्केट लिमिटेडले भोलि कात्तिक ४ गते शुक्रबार ७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

क्यापिटलको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक ४ गते केन्द्रीय कार्यालय नारायणचौर, काठमाडौंमा दिउँसो १ बजे सभा डाकेको छ ।

कम्पनीको सभाले चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश दिने वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । यसअनुसार क्यापिटलले १ करोड २१ लाख ५९ हजार रुपैयाँ नगद वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभाबाट आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु उपर छलफल गरी अनुमोदन हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ३ कार्तिक २०७९, बिहिबार  १७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।