सेयर बजार मापक सूचक नेप्से घट्ने घट्ने क्रमले साताको अन्तिम कारोबार दिन बिहीबार पनि निरन्तरता पाएको छ । बिहीबार सहित नेप्से लगातार चौथो कारोबार दिन घटेको हो ।
नेप्से परिसूचक निरन्तर चौथो कारोबार दिन ओरालो लागेको छ। साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । यसदिन नेप्से १.३८ अंक घटेर १८४४.१४ बिन्दुमा झरेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेर ३६३.०५ बिन्दुमा पुगेको छ ।
यस दिन २२१ कम्पनीको ५० करोड ७६ लाख ८९ हजार रुपैयाँमा खरिद बिक्री भएको छ । १५ लाख ४६ हजार ८५७ कित्ता सेयर १७ हजार २९६ संख्यामा कारोबार भएको हो । बुधबार ६४ करोड बढीको कारोबार भएको थियो । आज कारोबारमा आएकामध्ये ३ उपसमूहगत सुचक बाहेक दशवटै घटेका छन् । विकास बैंक, लगानी र व्यापार बढेको हो । बाँकी उपसमूहगतको परिसूचक घटेका छन् ।
अभियान लघुवित्त कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ । यस दिन लघुवित्तको ४२ हजार ३८२ कित्ता सेयर ३ करोड ६९ लाख ५२ हजार ९०१ रुपैयाँमा खरिद बिक्री भएको छ । त्यसैगरी, गरिमा विकास बैंकको २ करोड ६७ लाख, एभरेष्ट बैंकको २ करोड ४९ लाख, नबिल बैंकको २ करोड ३७ लाख र एनआईसी एशिया बैंकको १ करोड ३४ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
आज सयपत्री हाइड्रोपावरको बिहीबार सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य २३.५० रुपैयाँ बढेर २५९.१० रुपैयाँ पुगेको छ । यस्तै बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४.३७, विशाल बजार कम्पनीको सेयरमूल्य ४.०४, नारायणी डेभलपमेन्ट बै.क ३.४० र रुरु जलविद्युत कम्पनीको सेयरमूल्य २.७० प्रतिशतभन्दा बढी बढेको छ ।

यसदिन सेन्चुरी डिबेन्चरको सर्वाधिक ७.७३ प्रतिशतले सेयरमूल्य घटेर ८५१.३० रुपैयाँमा झरेको छ । सामुदायिक लघुवित्तको मूल्य ७.६७ प्रतिशत, अभियान लघुवित्त ६.५९ प्रतिशत, हिमालयन पावर ५.६१ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको सेयर ५.५६ प्रतिशतले सेयरमूल्य बढेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया