सुनचाँदीको भाउ कार्तिक ७ गते सोमबार स्थीर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९३ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भैरहेको छ ।
अघिल्लो दिन आइतबार र शनिबार पनि सोही भाउमा सुनचाँदीको कारोबार भएको थियो । शनिबार भने सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ र चाँदीको भाउ ४५ रुपैयाँले वृद्धि भएको थियो । शनिबारको सार्वजनिक विदामा सुनचाँदीको भाउ निर्धारण नहुने गरेपनि धनतेरसका दिन रहेकाले यो साता शनिबार पनि भाउ निर्धारण भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १६५७ डलर तथा चाँदी प्रतिऔंस १९.३९ डलर हाराहारीमा कारोबार भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया