गोर्खाज फाइनान्सको नाफा शतप्रतिशत बढ्यो

0
Shares

गोर्खाज फाइनान्स कम्पनीले ३ करोड ३३ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

फाइनान्स कम्पनीले चालू आवको पहिलो त्रैमासमा गत आवको सोही अवधिको तुलनामा १०१ प्रतिशतले खुद नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा पनि बढेको हो । गत आवको यसै अवधिमा फाइनान्सले १ करोड ६५ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।

चुक्ता पूँजी ८६ करोड ७९ लाख रहेको कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिसेयर आम्दानी बढेर १५.३५ रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ७.६४ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्म कम्पनीले ७ अर्ब १ करोड निक्षेप संकलन गरेर ५ अर्ब ७५ करोड बढी कर्जा लगानी गरेको छ । पहिलो त्रैमासमा कम्पनीले जगेडामा ७२ करोड ७३ लाख र सेयर प्रिमियममा २ करोड २३ लाख सञ्चित छ ।

कम्पनीको खुद ब्याज आम्दानी ८ करोड ११ लाख तथा सञ्चालन नाफा ४ करोड ८५ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा फाइनान्सले २४ लाख ७७ हजार खुद ब्याज आम्दानी र २ करोड ७५ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

वित्तीय विवरण अनुसार कम्पनीको खराब कर्जा अनुपात ७.४२ प्रतिशत, कष्ट अफ फण्ड ९.४६ प्रतिशत, आधारदर १२.६७ प्रतिशत, प्रतिसेयर नेटवर्थ १८५.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.११ गुणा, प्रतिसेयर कुल सम्पत्ति मूल्य १०९८.०९ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ कार्तिक २०७९, आइतबार  १४ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।