रसुवागढी हाइड्रोपावरको सातौं वार्षिक साधारण सभा मंसिर १९ गते हुने

0
Shares

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर १९ गते सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको बैठकले राष्ट्रिय सभा गृहमा बिहान ११ बजे साधारण सभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीको साधारण सभाले वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने, लेखा परीक्षक नियुक्त गर्ने र कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि मंसिर ५ गते शेयरधनी पुस्तिका बन्द रहने पनि कम्पनीले जनाएको छ ।