स्वाभिमानलाइ २ लाख कित्ता साधारण सेयर निष्कासन अनुमती


 

नेपाल धितोपत्र बोर्डले स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थालाइ साधारण सेयर निष्कासन अनुमती दिएको छ ।
बोर्डले संस्थालाइ प्रतिकित्ता १०० रुपैयाँको दरमा १ लाख ९८ हजार ६१० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति दिएको हो । संस्थाको निकाष्सन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

रुपन्देहीमा केन्द्रिय कार्यलय रहेको स्वाभिमानले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । साधारण सेयर निष्कासन पछि संस्थाको चुक्ता पुँजी ६ करोड १८ लाख ६१ हजार रुपैयाँ पुग्नेछ ।