अठार लाख नगद सहित चार भारतीय हुण्डी कारोबारी पक्राउ

0
Shares

हुण्डी कारोेबार गरेको आरोपमा चार भारतीय नागरिकलाइ नेपाल प्रहरीले पक्राउ गरको छ । प्रहरी कार्यालय पर्साले अभियुक्त संग भएको १८ लाख रुपैयाँ र ३ वटा मोटरसाइकल नियन्त्रणमा लिइ अनुसन्धान अघि वढाएको छ।

पर्सा प्रहरी कार्यालयवाट खटिएको टोलिले पर्सा बिमनपा बडा नं. १६ रजतजयन्ती चौक स्थित सडक खण्डमा सवारी साधन तथा पैदल यात्रुहरु समेत चेक जाच गर्ने क्रममा भारतको रक्सौल तर्फवाट आउदै गरेका ३ भारतीय नम्बर प्लेट भएका मोटरसाइकल नियन्त्रणमा लिएको हो।

मोटरसाइकलमा सवार भारतको विहार सुगौली बजार बस्ने वर्ष २२ को बिक्की कुमार, भारत रक्सौल नागा रोड बस्ने २६ वर्षको सुधिर कुमार र भारतको रक्सौल रोड नै बस्ने सहिद आलमलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।