ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकृत

0
Shares

ङादी ग्रुप पावर लिमिटेडको चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कार्तिक २५ गते शुक्रबार सो सेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार कम्पनीको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत भएको हो । शुक्रबार नेप्सेमा हकप्रद सूचीकृत भएसँगै उक्त हकप्रद आइतबारबाट नै दोस्रो बजारमा खरीद बिक्री गर्न सकिनेछ ।

हकप्रद निष्कासनका लागि बुकक्लोजको अघिल्लो दिनसम्म कायम रही हकप्रद खरिदका लागि आवेदन दिएका लगानीकर्ताको हकप्रद सो कम्पनीको सेयर रजिष्ट्रार मार्फत सम्बन्धीत सेयरधनीको हितग्राही खाता (डिम्याट) मा सिधै जम्मा हुनेछ ।

कम्पनीले गत साउन १८ गतेदेखि भदौ ७ गतेसम्म चुक्ता पुँजीको १५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । सोही हकप्रद शुक्रबार सूचीकृत गराएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार  १३ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।