विजय लघुवित्तको खुद नाफा ७६ प्रतिशत घट्यो

0
Shares

विजय लघुवित्त वित्रीय संस्था लिमिटेडको खुद नाफा ७५.९७ प्रतिशतले घटेको छ ।

नेपाल लघुवित्त बैंकर्स संघको पुर्व अध्यक्ष बसन्त लम्साल प्रमुख कार्यकारी अधिकृत रहेको लघुवित्तले कम्पनी नै चालु आवको पहिलो त्रैमासमा खराब प्रदर्शन गरेको हो । 

निक्षेप संकलन लागत तीन प्रतिशतभन्दा अधिक वृद्धि भएको लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफासँगै अधिकांश सूचक घटेपछि लघुवित्तको नाफामा पहिरो नै गएको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ७९ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ३२ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बिस प्रतिशत बानस वितरण गरी चुक्ता पुँजी ३२ करोड रुपैयाँ कायम गरेको कम्पनीको नाफा घटेसँगै प्रतिसेयर आम्दानी २७.९७ ले घटेर ९.९८ रुपैयाँमा झरेको छ । यस्तै प्रतिसेयर नेटवर्थ २१० रुपैयाँ, खराब कर्जा अनुपात ४.९७ प्रतिशत, कष्ट अफ फन्ड १०.५० प्रतिशत छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.८६५ प्रतिशतले घटेर ६ करोड ९१ लाख ५४ हजार रुपैया र सञ्चालन नाफा पनि ७५.८९ प्रतिशतले घटेर १ करोड १४ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ ।

असोजसम्म कम्पनीले १ अर्ब १३ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन तथा ४ अर्ब ८६ करोड २९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तको जगेडा कोष ४० प्रतिशत घटेर १२ कोड ३४ लाखमा संकुचित बनेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २९ कार्तिक २०७९, मंगलबार  १३ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।