नेशनल माइक्रोफाइनान्सको पनि नाफामा गिरावट, इपिएस ३७.७० रुपैयाँ घट्यो

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा १०.६७ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्ष २०७९।८० को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार नेशनलले १० करोड २३ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा ११ करोड ४५ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चालिस प्रतिशत बोनस सेयर वितरण गरेर चुक्ता पुँजी ५८ करोड ६६ लाख ७५ हजार रुपैयाँ पु¥याएको संस्थाको नाफा घटेसँगै वार्षिक प्रतिसेयर आम्दानी ३७.७० रुपैयाँ घटेर ६८.४८ रुपैयाँ कायम भएको छ । गत आवको पहिलो त्रैमासमा १०६.१८ रुपैयाँ ईपीएस थियो ।

असोजसम्म लघुवित्तले ३ अर्ब १७ करोड ३४ लाख निक्षेप र ६ अर्ब ४५ करोड ७८ हजार रुपैयाँ सापटी लिएर ११ अर्ब २१ करोड १८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आवको सोही अवधिमा संस्थाले ३ अर्ब १२ करोड ७८ लाख निक्षेप र ६ अर्ब ३६ करोड रुपैयाँ सापटी लिएर १० अर्ब ८४ करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३५.५२ प्रतिशतले घटेर १५ करोड ८९ लाख ६६ हजार रुपैयाँमा सीमित बनेको छ । यस्तै सञ्चालक मुनाफा पनि १०.६७ प्रतिशतले घटेर १४ करोड ६२ लाख ३२ हजार रुपैयाँमा झरेको छ ।

प्रथम त्रैमासमा संस्थाको जगेडा कोष ४६ करोड ७३ लाखबाट १.१४ प्रतिशतले घटेर ४६ करोड १९ लाख ६१ हजार रुपैयाँमा खुम्चिएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २५९.१६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६८.४८ गुणा रहेको छ ।

गत आवको प्रथम त्रैमासमा २.९२ प्रतिशत रहेको संस्थाको खराब कर्जा अनुपात पनि बढेर २.९५ प्रतिशत पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २९ कार्तिक २०७९, मंगलबार  १३ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।