पिपुल्स हाइड्रोपावरको आईपीओमा अन्तिम दिन मंगलबार साँझ ४ बजेसम्म १२ लाख ३४ हजार ३१० जनाले आवेदन दिएका छन् ।
सिडिएस क्लियरिङ्गका अनुसार मंगलबारसम्म १ अर्ब ४६ करोड २७ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख २७ हजार ३९० कित्ता सेयरको माग भएको हो । उक्त संख्या सर्वसाधारणबाट माग गरिएको सेयरसंख्याको २.८४ गुणा धेरै हो ।
प्रारम्भिक तथ्याङ्क अनुसार धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम हुने बाँडफाँडमा उक्त आईपीओ ५ लाख १५ हजार ७८८ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाउनेछन् । जुन मंगलबारसम्म परेको आवेदक सङ्ख्याको ४२ प्रतिशत हुन आउँछ । बाँकी ५८ प्रतिशतको हात भने खाली हुने देखिन्छ ।
हाइड्रोपावरले कात्तिक २५ गतेदेखि सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ५६ लाख ६ हजार ३९० कित्ता प्राथमिक सेयर ९आईपीओ० जारी गरेको थियो । जसमध्ये २ लाख ८० हजार ३२० कित्ता सेयर सामूहिक लगानी कोषको लागि र १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएर बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दामा बिक्री नभएको ८ लाख ६ हजार ३९० कित्ता सेयर समेत थपेर बिक्रीमा ल्याएको हो । आईपीओ आवेदन दिने अन्तिम दिन कात्तिक २९ गते मंगलबार रहेको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया