एनसीसी बैंकको साधारण सभा आज, लाभांश अनुमोदन र मर्जर स्वीकृति दिने

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्श बैंकले आज (मंसिर २ गते) बिहान १० बजे, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

निर्वाचन आयोगको निर्देशनपछि बैंकले सीमित व्यक्तिहरुको भौतिक उपस्थितमा भर्चुअल माध्यबाट सभा बोलाएको छ ।

सभाले सञ्चालन समितिले प्रस्ताव गरे बमोजिम कुल १ अर्ब २२ करोड ५३ लाख रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको हाल कायम चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँको ३.३६६३ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र ७.६३३७ प्रतिशतले हुन आउने कर सहित ८५ करोड ३ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै बैंकले कुमारी बैंकसँग मर्जर प्रकृयामा रहेकाले सभाले एक आपसमा गाभ्न र गाभिना तथा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा त्यस सम्बन्धी सम्पुर्ण निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नपनि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि सभामा छ ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले कार्तिक १५ गते बुकक्लोज गरेको थियो । कुमारी बैंकसँग मर्जर सम्झौतापछि असोज ११ गतेदेखि नै सेयर कारोबार रोक्का रहेकाले सोभन्दा अघिल्लो दिनसक्क कायम सेयरधनीले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।