पिपुल्स पावर पहिलो त्रैमासमा नोक्सानीमा

0
Shares

पिपुल्स पावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नोक्सानीमा पुगेको छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको तीन महिनामा १ लाख ४५ हजाररुपैयाँ घाटा व्यहोरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत आवको अन्त्यमा कम्पनी २१ लाख २२ हजार रुपैयाँ नोक्सानीमा थियो ।

चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष १ करोड ५० लाख ५ हजार रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.०९ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ९७.३९ रुपैयाँ छ ।

आयोजना निमार्णधीन रहेकाले कम्पनीले विद्युत बिक्रीबाट आम्दानजी गरेको छैन । असोज मसान्तसम्ममा कम्पनीको अन्य आम्दानी १७ हजार रुपैयाँबाट बढेर ५ लाख ५ हजार रुपैयाँ पुगेको छ । अन्य आम्दानीले सञ्चालन खर्च धान्न नसकेपछि कम्पनी नोक्सानीमा पुगेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ मंसिर २०७९, शुक्रबार  ०९ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।