मर्जरमा रहेका इन्भेष्टभेन्ट र मेगा बैंकले डाके साधारण सभा

0
Shares

एक आपसमा मर्जर प्रकृयामा रहेका दुई बैंकहरु नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडले एकसाथ पुस ७ गते बिहीबार वार्षिक साधारण सभा डाकेका छन् ।

मेगा बैंकले राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान ११ बजे १२ औं वार्षिक साधारण सभा तथा नेपाल इन्भेष्टमेन्ट बैंक बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजे ३६ औं वार्षिक साधारण सभा आह्वान गरेका छन् ।

दुबै बैंकको सभाले एक आपसमा १००ः९० सेयर स्वाप रेसियो (मेगा बैंकको १०० कित्ता सेयर बराबर इन्भेष्टमेन्ट बैंकको ९० कित्ता) मा मर्जरमा जानका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछन् । साथै, दुई बैंकबीच मर्जरका लागि भएका गरेका सम्पूर्ण सम्झौताहरु अनुमोदन गर्ने र आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि सभामा रहेको छ ।

छुट्टाछुट्टै स्थानमा आह्वान गरिएको सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप सेयरधनीहरुलाई इन्भेष्टमेन्ट बैंकले चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै मेगा बैंकले पनि गत आवको नाफाबाट सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र कर सहित ३.७९ प्रतिशत नगद गरी कुल ७.७९ प्रतिशत लाभांश सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, दुबै बैंकले गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्न प्रस्ताव उपर छलफल गरी पारित गर्नेछन् ।

इन्भेष्टमेन्ट बैंकले सभा मार्फत बैंकको अधिकृत पुँजी १८ अर्ब ५० करोड रुपैयाँबाट वृद्धि गरी ५० अर्ब पु¥यााउने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मेगा बैंकले मांसिर २३ गते तथा इन्भेष्टमेन्ट बैंकले मंसिर २१ गते सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । बुकक्लोजको अघिल्लो दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताहरुले मात्र सम्बन्धीत बैंकको लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।