सन् २०२२ को ११ महिनामा साढे पाँच लाख पर्यटक नेपाल भित्रिए

0
Shares

अंग्रजी वर्ष सन् २०२२ को ११ महिनामा नेपालमा त्रिभुव अन्तराष्ट्रिय विमानस्थलबाट मात्रै करिब साढे पाँच लाख पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीदेखि नोभेम्बरसम्मको ११ महिनामा कुल ५ लाख ४६ हजार २१६ पर्यटक भित्रिएका हुन्। नोभेम्बरमा मात्र ७२ हजार ६५३ जना पर्यटक नेपाल आएका छन् । जसमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक २० हजार ५३२ जना रहेका छन् ।

त्यस्तै अमेरिकाबाट ७ हजार ८३१, बेलायतबाट ५ हजार १६५, अष्ट्रेलियाबाट ३ हजार ३७५, बंगलादेशबाट २ हजार २१८, क्यानडाबाट १ हजार १८४ र चीनबाट १ हजार ३८ जना पर्यटक भित्रिएका छन् ।

अक्टोबर महिनामा वर्षकै सबैभन्दा धेरै ८८ हजार ५८२ जना धेरै पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्याङ्क छ ।

बोर्डका अनुसार यस्तो छ महिनागत आधारमा नेपाल भित्रिएका पर्यटक विवरण

महिना पर्यटक संख्या
नोभेम्बर ७२ हजार ६५३ जना
अक्टोबर ८८ हजार ५८२ जना
सेप्टेम्बर ५८ हजार ३१४ जना
अगस्ट ४१ हजार ३०४ जना
जुलाई ४४ हजार ४६२ जना
जुन ४६ हजार ९५७ जना
मई ५३ हजार ६०८ जना
अप्रिल ६१ हजार ५८९ जना
मार्च ४२ हजार ६ जना
फेब्रुअरी १९ हजार ७६६ जना
जनवरी १६ हजार ९७५ जना

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७९, बिहिबार  १८ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।