तेह्रथुम पावरले बनायो सेयरधनीको हात खाली

0
Shares

तेह्रथुम पावरले सेयरधनीहरुको हात खाली बनाएको छ ।  तेह्रथुमले वार्षिक साधारण सभामा लाभांशको कुनैपनि प्रस्तावमा लाभांश सम्बन्धी व्यवस्था उल्लेख गरेको छैन ।

गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव नगरी बिना लाभांश सभा आह्वान गरसँगै कम्पनीका सेयरधनीहरुको हात यो वर्ष पनि खाली हुने भएको हो । गत आवमा कम्पनी ४४ लाख रुपैयाँ धेरै नोक्सानीमा रहेको छ ।

कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १० गते होटल हार्दिक, बागबजार, काठमाडौंमा बिहान ११ः३० बजे पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, गत आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

यस्तै २०७९/८० को लागि लेखापरिक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक समेत निर्धारण गर्ने, रिक्त सञ्चालक समिति सदस्यको निर्वाचन–मनोनयन र सञ्चालक समितिको लागि निर्वाचन अधिकृतको चयन गर्ने सभाको एजेण्डा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १८ मंसिर २०७९, आइतबार  १७ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।