प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बेच्दै

0
Shares

प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको छ ।

बैंकका केही संस्थापक सेयरधनीहरुले सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले सो सेयर बिक्रीमा ल्याएको हो । यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुको लागि खरीद गर्ने गरी गत साउन २५ गते ३५ दिने सूचना जारी गरेकोमा सो समय अवधिमा कुनै पनि संस्थापक सेयरधनीको आवेदन नपरेपछि दोस्रो चरणमा सर्वसाधारणको लागि सो सेयरको बिक्री खुला गरिएको हो ।

बैंकले बिक्री गर्न चाहेको सेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । सो संस्थापक सेयर खरीद गर्न इच्छुक सर्वसाधारण सेयरधनीले मंसिर १९ गतेदेखि १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राखेर आवश्यक सूचना बुझ्न सकिने सूचनामा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।