बाराही हाइड्रोपावरले मंसिर २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ ।
कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ बराबरको ५ लाख ५४ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्टाइएको ४ लाख ५० हजार कित्ता र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि जारी गरेको २ लाख ५० हजार कित्तामध्ये अवितरित १ लाख ४ हजार कित्ता समेत थपेर सर्वसाधारणमा खुला गरिएको हो ।
कुल ५ लाख ५४ हजार कित्तामध्ये ५ प्रतिशत अर्थात् २७ हजार कित्ता सामुहिक लगानी कोष योजना र २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
मंसिर २१ गतेदेखि खुला भएको सेयरमा मंसिर २६ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले मेरो सेयर मोबाइल एप, वेवसाइट, तथा नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आईपीओमा आवेदन दिन सक्नेछन् । 
न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिएपनि उच्च् आवेदनका कारण एक हजारको आवेदन नै यस आईपीओमा प्रयाप्त हुनेछ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बाराहीको आईपीओलाई औसत भन्दा कम आधार जनाउने ‘इक्रा एनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ । कम्पनीले सेयर बिक्री गर्न एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
बाराही हाइड्रोपावर पब्लिक लिमिटेड, कम्पनी ऐन, २०६३ बमोजिम २०६३ साल बैशाख १७ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई २०७१ चैत ३ गते प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भई २०७३ फागुन २८ गतेदेखि कारोबारको स्वीकृती प्राप्त गरी कारोबार सञ्चालन गरिहेको कम्पनी हो।
कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला बबरमहलमा रहेको छ। कम्पनीको जलविद्युत उत्पादन केन्द्र बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको वडा नं। १, ४ र ५ साविक कुस्मीसेरा, सर्कुवा र बिनामारे गाविसमा रहेको छ।
कम्पनीले १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजनको बाँध निर्माण सम्पन्न गरी २०७४ असार २४ गतेबाट व्यापारिक उत्पादन सुरु गरि नियमित रुपमा नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको छ। विद्युत उत्पादनको लागि कम्पनीले २०७२ भदौ ७ गते अनुमति प्राप्त गरेको थियो।
आर्थिक वर्ष २०७५र७६ मा आयोजनाको कुल लागत ३१ करोड २२ लाख १८ हजार ८५९ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड ८१ लाख ४५ हजार ९०१ रुपैयाँ रहेको छ। कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि १० वर्ष ६ महिना रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि २० वर्ष ६ महिना रहेको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया