एनआइबिएल एस क्यापिटल लिमिटेड र हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, वीरगञ्ज) बीच सस्ंथागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आईपीओ सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा क्यापिटलका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा होटलको तर्फबाट निर्देशक सुनिल कुमार खेतानले हस्ताक्षर गरेका छन् ।
उक्त समारोहमा एनआइबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र संस्थागत परामर्श प्रमुख भुवन राज पन्त तथा हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्रा. लि.का (क्लार्क रिसोर्ट, वीरगञ्ज) तर्फबाट नायब महाप्रबन्धक राजेश रञ्जन को पनि उपस्थिति थियो ।
यस होटलको स्थापना वीरगञ्जका उद्यमी तथा कम्पनीका निर्देशक सुनिल कुमार खेतानले गरेका हुन् । यस होटलको संरचना १ लाख २२ हजार ४३० दशमलव ४८ वर्ग फिटमा फैलिएको छ । सन् २०७३ देखि यस होटलको निमार्ण कार्य सुरु भएको थियो भने अहिले उक्त होटलको निमार्ण कार्य भईसकेको छ ।

हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, बिरगञ्ज) भारतको एक प्रसिद्द होटल ब्रान्ड क्लार्क रिसोर्टको पहिलो अन्तर्राष्ट्रिय होटल चेन हो । क्लार्क रिसोर्टले भारतको जयपुर लखनऊ र आग्रामा पनि विभिन्न होटलहरु सञ्चालन गरिसकेको छ ।
उक्त सम्झौता अन्तगर्त क्यापिटलले होटललाई सर्वसाधारण सेयर निष्काशन पूर्व, निष्काशनको अवधिमा र निष्काशन पश्चात तीन चरणमा सेवा प्रदान गर्नेछ । पहिलो चरणमा कम्पनिले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्त तथा परामर्श सेवा प्रदान गर्नेछ भने सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ ।
सेयर निष्काशन पश्चात, एनआइबिएल एस क्यापिटल लिमिटेडले हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेडको (क्लार्क रिसोर्ट, बिरगञ्ज) शेयर रजिष्ट्रारको रुपमा सेवा प्रदान गर्ने जानकारी गराएको छ ।
एनआईबिएल एस क्यापिटलले संस्थागत परामर्श सेवा मार्फत् व्यवसायिक योजना बनाउन (Business Plan), व्यवसायको सम्भाव्यता अध्ययन गर्ने (Market Assessment & Feasibility), पूँजी संकलन गर्ने (Equity Raising), ऋण संकलनमा वित्तीय संस्था र व्यवसायीबिच मध्यस्थता गर्ने (Debt Raising & Loan Syndications) र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया