सुनचाँदीको मूल्य बिहीबार नेपाली बजारमा बढेर र तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य तोलाको ९९ हजार ७०० रुपैयाँ र तेजावी ९९ हजार २०० रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ निर्धारण गरिएको छ ।
बुधबार सुन स्थीर रहँदै छापावाला तोलाको ९९ हजार ३०० रुपैयाँ, तेजावी ९८ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको भाउ निर्धारण गर्दै आइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ७८५ डलर र चाँदी प्रतिऔसत २२.६८ आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया