सन् २०२२ को मे महिनाबाट सञ्चालनमा आएको एबिसी आयल उद्योगले ६ महिनामा नै १ अर्ब ६७ करोड ८० लाख बराबरको आम्दानी गरेको छ ।
उद्योगले विशेषतः पाल्मोलिन र सन्फलावर तेलको बिक्रीबाट आम्दानी गरेको हो । सन् २०२१ मा स्थापना भएको एबिसी उद्योगले प्लान्ट जडान गरेपछि सन् २०२२ को मे महिनाबाट सञ्चालनमा आएको छ ।
सुनसरीको दुहाबी गाउँमा अवस्थित रहेको उद्योगको वार्षिक रुपमा ६० हजार मेट्रिक टन पाल्मोलीन, सोयाबीन र सन्फलावर तेल उत्पादन गर्न सकने क्षमता रहेको छ । जस अन्तर्गत ३६ हजार मेट्रिक टन पाम आयल, १२ हजार मेट्रिक टन सोयाबीन तेल र १२ हजार मेट्रिक टन सन्फलावर तेल प्रशोधन क्षमता रहेको छ।
उत्पादनको छोटो समयमा नै राम्रो आम्दानी गरेता पनि उद्योग दीर्घकालीन रुपमा सञ्चालनमा आउँछ भन्ने विषयमा प्रश्न उठेको छ । पछिल्लो समयमा कच्चा पदार्थको मूल्यमा भएको वृद्धि छ । अन्तराष्ट्रिय विनिमय बजारमा नेपाली रुपैयाँ कमजोर बनेको छ भने बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाइरहेको छन् । यी सबै समस्याहरुको सामना उद्योगले गर्नुपर्नेछ । 
यसैगरी नेपाल सरकारले आन्तरिक उत्पादन वृद्धिका लागि कच्चा तेलको आयातमा कडाइ गरेको छ । उद्योगले भारतबाट सोयाबिन र सन्फलावर, अर्जेन्टीना, ब्राजिल, मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम आयलको निर्यात गर्दै आएको छ । दक्षिण एसिया बाहेकका देशहरुबाट कच्चा तेलको आयात गर्दै आएका कारण उद्योगले विभिन्न देशहरुको निर्यात नियमहरुको पालना गर्नुपर्ने छ । यसको प्रभाव उद्योगको आम्दानीमा पर्ने देखिन्छ ।
आयल, साबुन तथा प्याकेजिङ व्यवसायमा लामो समयसम्म काम गरी अनुभव बटुलेका सन्जय कोइराला उद्योगका अध्यक्ष रहेका छन् । यसैगरी नेपाली भान्साहरुमा सन्फलावर तेल र सोयाबिन तेलको प्रयोग बढी हुने भएका कारण कम्पनीले आगामी समयमा राम्रो आम्दानी गर्न सक्ने छ । यसैगरी विभिन्न खाद्य वस्तुमा पाम तेलको प्रयोग हुने भएका कारण पनि कम्पनीको आउने दिनहरुमा आम्दानी बढ्ने देखिन्छ ।
१ अर्ब १ लाख ८० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि उद्योगले केयर रेटिङबाट कर्जा रेटिङ गराएको छ । केयर रेटिङले २७ करोड १ लाख ८० हजार बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइनस् र ७३ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया