नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजय लाल श्रेष्ठ चयन

0
Shares

नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजय लाल श्रेष्ठ चयन भएका छन ।

मंसिर २२ गते सम्पन्न संघको १३औं वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो ।

संघको उपाध्यक्षमा ग्लोबल आइएमई क्यापीटलका पारस मणी ढकाल, महासचिवमा एनआइसि एशिया क्यापिटलका रमेन्द्र रायमाझी र कोषाध्यक्षमा नबिल इन्भेष्टमेण्ट वैकिङगका मनिष नारायण जोशी चयन भएका छन ।

यसैगरी नागरिक लगानी कोषका नारायण प्रसाद घिमिरे, प्रभु क्यापिटलका दिनेश थकाली र नेपाल लाइफ क्यापिटल नविन बास्कोटा सदस्य चयन भएका छन ।

निवर्तमान अध्यक्ष मेख बहादुर थापा मानार्थ सदस्य रहेका छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।