सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नाघेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको असरबाट नेपाली बजारमा पनि सोही अनुसार भाउ बढ्दा एक तोला सुन खरिद गर्नका लागि नै उक लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने अवस्था आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघले मंसिर २३ गते, शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको भाउ ९८ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको भाउ पनि ढेर तोलाको १ हजार ३९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
शुक्रबार अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको हो ।
बिहीबार सुन तोलाको ४०० रुपैयाँ बढेर छापावाल ९९ हजार ७०० रुपैयाँ तथा तेजावी सुन ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । सो दिन चाँदी तोलामा १० रुपैयाँ बढेर १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि २०७९ वैशाख १२ गते छापावाल सुन प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएपछि त्यसयता घटेर एक लाख रुपैयाँभन्दा तल कारोबार हुँदै आएको थियो । सात महिनापछि सुन तोलाको पुनः एक लाख रुपैयाँ माथि पुगेको हो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको भाउ निर्धारण गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १७९६ डलर र चाँदी प्रतिऔसत २३.२७ आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया