सेल्सबेरीमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १०% क्यासब्याक

0
Shares

सेल्सबेरी डिपार्टमेन्टल स्टोरका ग्राहकहरुले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन। क्यासब्याकको अफर नेपाल भरीका सेल्सबेरीका शाखाहरुमा मंसिर २५ देखि पौष ३० गतेसम्म उपलब्ध हुनेछ ।

डायनामिक क्यूआरको रुपमा हालै उक्त डिपार्ट्मेन्ट स्टोरमा उपलब्ध भएको नेपालपे क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् ।

सेल्सबेरीमा नेपालपे क्यूआरको सेवा हिमालयन बैंक तथा मोको फोकसवान् सोलुसन्स्को सहकार्यमा सुचारु गरिएको हो । देशको सबै भन्दा ठूलो रिटेल स्टोर मध्यको एक यस स्टोरमा लागू गरिएको उक्त अफर मार्फत नगद रहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

हाल नेपालपे क्यूआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेल्सपे, मोरु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।