टाटा मोर्टस् इन्जिन क्येर क्याम्प शुभारम्भ, स्पेयर पार्टस्मा ५०% सम्मको छुट

0
Shares

सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले सम्पूर्ण टाटा कमर्सियल गाडीहरुको लागि इन्जिन क्येर क्याम्पको आयोजना गरेको छ ।

मंसिर २६ गते टाटा मोर्टस् कस्टमर क्येर सार्क रिजन हेड वेंकटेश आलबलले एक समारोह विच उक्त क्याम्पको शुभारम्भ गरेका हुन।

सिप्रदी टाटा मोर्टस्को नयाँ प्रविधियुक्त गाडीहरुलाई विशेष रुपमा चेक जाँच, मर्मत तथा संभार गरी गाडीको कार्य क्षमता वृद्धि गराई ग्राहकहरुलाई प्रत्यक्ष रुपमा फाइदा दिने उदेश्यले इन्जिन क्येर क्याम्प आयेजना गरिएको कम्पनीले जनाएको छ।

यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीहरुको ६२ प्वाइन्ट निःशुल्क चेकजाँच, स्पेयर पार्टस्मा १५% देखी कंपनिले तोकिएका पार्टस्हरुमा ५०% सम्मको छुट, ल्युव्रिकेन्टमा २०% छुट, लेवर चार्जमा २५% छुट, तथा चालकहरुका लागि नयाँ प्रविधिका गाडीहरुमा गर्नु पर्ने तथा गर्न नहुने कामहरुबारे निःशुल्क तालिमको सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ ।

सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारीक सर्भिस सेन्टरहरुमा पौष १५ गते सम्म उक्त क्याम्प संचालनमा रहने जनाइएकोछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार  १५ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।