बाराही हाइड्रोपावरको आईपीओमा २७ गुणा माग, १२ लाख १६ हजारले भरे

0
Shares

बाराही हाइड्रोपावर कम्पनीको प्रारम्भिक सर्वाजनिक निष्कासन (आईपीओ) मा १ अर्ब ३८ करोड ७१ लाख २२ हजार रुपैयाँको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार मंसिर २६ गते साँझ सवा ४ बजेसम्ममा १२ लाख १६ हजार १५३ जना आवेदकबाट १ करोड ३८ लाख ७१ हजार २२० कित्ताका लागि आवेदन परेको हो । जुन सर्वसाधारणबाट माग भएको सेयर संख्याको २७ गुणा हो ।

कम्पनीले मंसिर २१ गतेदेखि ५ करोड ५४ लाख रुपैयाँ बराबरको ५ लाख ५४ हजार कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये २७ हजार कित्ता सामूहिक लगानी कोष र ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ताका लागि सर्वसाधारणबाट आवेदन मगिएको थियो ।

रेटिङ इक्रा नेपालले बाराहीको आइपीओलाई ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०७८ फागुन १३ मा रेटिङ दिएको थियो । यो रेटिङ आगामी २०७९ फागुन १२ गतेसम्म बाहल रहनेछ ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ मंसिर २०७९, सोमबार  १८ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।