
नोटबजार डटकमकर्मी परमेश्वर अधिकारी नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को उपाध्यक्षमा निर्वाचित भएका छन् ।
संघको बुधबार काठमाडौंमा सम्पन्न छैटौ महासभाबाट नोटबजार डटकममा कार्यरत अधिकारी कार्यसमिति उपाध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा निर्वाचित अधिकारीले ८२ मत प्राप्त गरेका छन् । उनी नोटबजार डटकमकमा स्थापनाकालदेखि कार्यरत रहेका छन् ।
संघको अध्यक्षमा द राइजिङ नेपालमा कार्यरत मोदनाथ ढकाल सर्वाधिक १०५ मत प्राप्त गर्दै पुनः निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी रेडियो नेपालमा कार्यरत भुवन आचार्यले २३ मत प्राप्त गरे ।
अर्को उपाध्यक्षमा हाम्रो अर्थ डटकमको सम्पादक मेनुका कार्की ९२ मत प्राप्त गर्दै विजयी बनेकी छिन् । उपाध्यक्षका प्रत्यासी आर्थिक न्युज डटकमका इन्द्र बहादुर बानियाँले ४९ मत प्राप्त गरेका छन् ।
अध्यक्ष, उपाध्यक्ष र चार जना सदस्य निर्विरोध चयन हुन नसकेपछि निर्वाचन भएको थियो । संघमा महासचिव, सचिव, कोषाध्यक्ष पदमा भने निर्विरोध भएको छ । महासचिवमा अनलाइनखबर डटकमका नवीन ढुंगाना, सचिवमा नेपाल खबर डटकमका दिपक भट्ट र कोषाध्यक्षमा सिंहदरबार डटकममा कार्यरत दिलु कार्की चयन भएकी छन् ।

यसैगरी संघको सदस्यहरुमा रातोपाटी डटकमका निकेश खत्री (७५ मत), अनलाइनखबर डटकमका विजय पराजुली (७१ मत), सेतोपाटी डटकममा कार्यरत सविना कार्की (६७ मत) र नेपाल प्रेसकर्मी राजाराम न्यौपाने (४८ मत) निर्वाचित बनेका छन् ।
सदस्यका अन्य प्रत्यासीहरु कारोबार दैनिकका भोला (परिवर्तन) देवकोटा (४२ मत), नयाँ पत्रिका दैनिकका मिलन विक (४१ मत), शिलापत्र डटकमका सुधिर भण्डारी (३८ मत), कर्पोरेट नेपाल डटकमका नविन पोखरेल (२० मत), बिजपाटी डटकमका निरोजकुमार थापा (२० मत) र न्युज एजेन्सी नेपालका अनिश मिजार (१९ मत) सदस्यमा निर्वाचित हुन सकेनन् । संघमा निर्वाचन मार्फत उच्चतम मत पाउने चार उम्मेदवार मात्र चयन हुने व्यवस्था छ । संघका ६ मध्ये ४ सदस्य मात्र निर्वाचन मार्फत चुनिने छन् । दुई सदस्य मनोनयन गर्ने व्यवस्था छ ।
विधानले केन्द्रीय कार्यसमितिको सल्लाहमा अध्यक्षले महासभाका सदस्य मध्येबाट सामान्यतया राज्यद्धारा आरक्षण दिइएका समूह महिला, आदिवासी जनजाती, दलित, मधेशी, सीमान्तकृत समुदाय एवं विभिन्न सञ्चारमाध्यमको विधागत समावेशी प्रतिनिधित्व हुने गरी २ जनालाई सदस्यमा मनोनित गनेछन् । अध्यक्षमा ढकाल दोहोरिएसँगै निवर्तमान अध्यक्षमा सिताराम भट्टराई पनि दोहोरिएका छन् ।
नाफिजको विधान अनुसार कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया