प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ८.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ४ प्रतिशत बोनस तथा ४.९५ प्रतिशत नगद लाभांश रहेको छ।
बैंकले १ अर्ब ६६ करोड ९७ लाख ४० हजार ८९१ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई प्रदान गरिने बैंकले जनाएको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया