सुनको भाउ पुनः प्रतितोला एक लाख रुपैयाँ माथि उक्लिएको छ । साताको पहिलो आइतबार सुनको प्रतितोला ६ सय रुपैयाँले बढेर एक लाख माथि पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ तोकिएको छ ।
शुक्रवार सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य आइतबार तोलामा १० रुपैयाँले घटेको छ। चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ। शुक्रवार चाँदी १० रुपैयाँले घट्दै तोलाको १३ सय ७० रुपैयाँ कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १७९३ दशमलव १३ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ । चाँदी अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २३ दशमलव २३ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया