मुक्तिनाथ विकास बैंक सम्मानित

0
Shares

काठमाडौमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस २०२१, अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा तर्फ बाट ‘सर्टिफिकेट अफ मेरिट’ द्धारा सम्मानित भएको छ ।

दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सले बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड विभिन्न विधाहरुमा प्रस्तुत गरेको थियो । दक्षिण एसियन देशहरु बाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरु लाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा छनोट गरेको हो। विधाहरुमा वित्तीय सेवा क्षेत्र मध्येबाट नेपाल बाट मुक्तिनाथ विकास बैंकले यो सम्मान प्राप्त गरेको छ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको हो । उक्त प्रमाणपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरे । वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैंकलाई दिईने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ । यसरी अन्तरष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरुलाई थप उर्जा मिल्ने बैंकले जानाएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ पुस २०७९, सोमबार  १२ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।