अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद जारी गर्नको लागि रेटिङ्ग गराएको छ ।
रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी–आईआर बीबी’ रेटिङ प्रदान गरेको हो । ‘इक्रा एनपी–आईआर बीबी’ रेटिङ प्राप्त गर्ने कम्पनीहरू समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।
इक्रा नेपालले उक्त रेटिङ कुनै खास ऋणपत्र विशेषको राय नभई निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र रहेको उल्लेख गरेको छ ।
अपर तामाकोशी हाल कायम चुक्ता पुँजी १० अर्ब ५१ करोडको आधारमा १० अर्ब ५१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गरेर पुँजी जुठाउने तयारीमा रहेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न यसअघि नै निर्णय गरेर गत भदौ ३ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।
आवश्यक प्रक्रिया पूरा गरेर अब कम्पनीले विद्युत नियमन आयोग तथा पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डबाट हकप्रद सेयर बिक्री गर्न अनुमति पाएपछि मात्र सर्वसाधारणमा हकप्रद जारी हुनेछ ।
हकप्रद सेयर निष्कासन गर्न कम्पनीले नागरिक लगानी कोषलाई निष्कासन तथा बिक्री प्रबन्धक र सनराइज क्यापिटल क्यापिटल लिमिटेडलाई सह–बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया