नेपाल विद्युत प्राधिकरणले आगामी ११ गते देखि प्राधिकरणको पोलमा भएका सबै खालका तारहरु हटाउने भएको छ ।
प्राधिकरणले यस अघि नै ४५ दिने सूचना जारी गर्दै तार हटाउन सम्बन्धित निकायलाई आग्रह गरेको थियो ।सूचना जारी गर्दा पनि नहटाइएको दूरसञ्चार, केबल टीभी तथा इन्टरनेट सेवा प्रदायकहरूबाट तानिएको केबल तथा उपकरणहरू हटाईदिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सेवा प्रदायक संस्थाहरूबाट सूचना बमोजिमको तार व्यवस्थापन कार्य नभएको भन्दै पहिलो चरणमा त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क, केशरमहल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बूढानीलकण्ठ खण्डको अव्यवस्थित केबल लगायतका उपकरणहरू हटाईदिने भएको छ ।
प्राधिकरणले तार काटिदिदा हुने हानी नोक्सानीको जिम्मवारी प्राधिकरण नहुने समेत स्पष्ट पारेको छ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया