बाराही हाइड्रोपावर लिमिटेडले मुक्तिनाथ क्यापिटल लिािटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले मुक्तिनाथ क्यापिटललाई सेयर सम्बन्धी सम्पुर्ण कार्य गर्नेगरी सेयर रजिष्ट्रार तोकेको हो ।
यससँगै अब बाराही हाइड्रोपावरको सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिला खारेज, नामसारी गर्ने, सेयर अद्यावधिक र रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब मुक्तिनाथ क्यापिटल मार्फत हुनेछ ।
कम्पनीले भर्खरै मात्र सर्वसाधारणमा आईपीओ निष्कासन गरी पुस ३ गते आइतबार बाँडफाँड गरेको छ । कम्पनीको आईपीओ सूचीकरण प्रक्रियामा रहेको छ । मंसिर २१ देखि २६ गतेसम्म कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ बराबरको ५ लाख ५४ हजार कित्ता आईपीओ जारी गरेको थियो ।
जसमध्ये २७ हजार कित्ता सामूहिक लगानी कोष र ११ हजार ८० कित्ता सेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको । बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयर धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम ५१ हजार ५२२ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् ।
बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले बागलुङको कुस्मिसेरामा १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । कम्पनीले २०७४ असार २४ गतेदेखि ठेउले खोला जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ ।
बाराही हाइड्रोको आईपीओ बाँडफाँड, ५१ हजार ५२२ जनाले पाए सेयर
बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँडको नतिजा कसरी हेर्ने ?
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया