सेयर बजार सूचक माप नेप्से मंगलबार दोहोरो अंकले बढ्ला उच्च सेयरमूल्य वृद्धि हुने कम्पनीमा लघुवित्त अगाडि देखिउका छन् ।
धेरैजसो लघुवित्तको लाभांश घोषणा बाँकी हुँदा लगानीकर्ताहरु लघुवित्तको सेयर खरिदतर्फ आकर्षिकत बनेका हुन् । झण्डै पाँच दर्जन लघुवित्त कम्पनीहरु नेप्सेमा सूचीकृत रहेपनि हालसम्म आधा दर्जन बढीको मात्र लाभांश घोषणा भएको छ । लाभांशमा आधारित लगानी गर्ने बढ्दा लघुवित्तको सेयरमूल्यमा धेरै वृद्धि देखिएको हो ।
सोमबार झिनो अंकले बढेको बजारमा मंगलबार दोहोरो अंकको वृद्धि देखिएपनि कारोबार रकम एक अर्बभन्दा तल नै रहेको छ । सानो पुँजीकरण भएका कम्पनीको सेयरमूल्यमा आएको वृद्धि र नेपाल टेलिकमको सेयरमूल्य करिब २ प्रतिशतले बढेपछि नेप्से वृद्धिमा टेवा पुगेको हो । यद्यपी लगानीकर्ताहरु अझैपनि ‘पर्ख र हेर’ को रणनीतिमा रहेकाले सूचक वृद्धिको अनुपातमा कारोबार रकममा आशातित सुधार देखिएको छैन । चार दिन घटेपछि सोमबार नेप्से बढ्ने क्रम सुरु भएकोमा मंगलबार थप वृद्धि आएको हो ।
मंगलबार २५७ स्क्रिप्ट कारोबारमा आउँदा ३० लाख २२ हजार ५२ कित्ता सेयर २३ हजा ३४४ वटा संख्यामा खरिद बिक्री भएका छन् । कारोबार रकममा नेपाल टेलिकम ५ करोड ३८ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सिभिल बैंक र हिमालयन डिष्टिलरी परेका छन् । दिनभरमा ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन नेप्से सूचक १४.२२ अंकले बढेर १८७३.११ बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका २५७मध्ये ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने धौलागिरी लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको हो । आँधीखोला लघुवित्तको सेयर मूल्य १३७ रुपैयाँ बढेर १५०७ रुपैयाँ, श्रृजनशील लघुवित्तको ९०.६० रुपेयाँ बढेर ९९६.६० रुपैयाँ र धौलागिरी लघुवित्तको सेयरमूल्य ५४.५० रुपैयाँ बढेर ६००.२० रुपैयाँ पुगेको छ ।
यसैगरी सिवाईसी नेपाल ७.६२ प्रतिशत, मन्दाकीनी हाइड्रोपावर ४.७१, नारायणी डेभलपमेन्ट बैंक ४.३२, खप्तड लघुवित्त ४.०३, शिवश्री हाइड्रोपावर ३.८५, रसुवागढी हाइड्रोपावरको ३.८४ र तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ३.५३ प्रतिशतले बढेको छ ।

मंगलबार सनराइज ब्लूचिप फन्डको इकाई मूल्य सबैभन्दा बढी ४.६७ प्रतिशत घटेको छ । फन्डको इकाई मूल्य ७.१५ रुपैयाँमा झरेको छ । त्यस्तै गरिमा डिबेञ्चर २०८५ नामक ऋणपत्रको मूल्य ३.९४ प्रतिशत घटेर ८०१.१० रुपैयाँ कायम भएको छ । यस्तै फरवार्ड माइक्रोफाइनान्स २.५१, लिवर्टी इनर्जी कम्पनी लिमिटेडको २.३९ प्रतिशत र महालक्ष्मी विकास बैंकको सेयर मूल्य २.२७ प्रतिशतले घटेको छ । रिलायन्स फाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स, विजय लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र राष्ट्र उत्थान लघुवित्त शीर्ष गुमाउने दश कम्पनीभित्र अटाएका छन् । दशौं ठूलो घटेको राष्ट्र उत्थानको सेयरमूल्य १.८८ प्रतिशत घटेको छ ।
आज नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक सेयर खरीद बिक्री भएको छ । कम्पनीको ६ करोड ३८ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी सिभिल बैंकको ४ करोड ३ लाख, हिमालयन डिष्टिलरी ३ करोड ८२ लाख, नबिल बैंकल ३ करोड ३७ लाख र फरवार्ड माइक्रोफाइनान्सको २ करोड ८२ लाख रुपेयाँ बराबरको सेयर खरीद बिक्री भएको छ ।
कारोबारमा आएका १३ वटै उपसमूहगत परिसूचक बढेसँगै नेप्से परिसूचक दोहोरो अंकले बढेको हो । होटल तथा पर्यटन सबैभन्दा बढी २.४० प्रतिशत र अन्य २.३१ प्रतिशतले बढेको छ । जीवन बीमा ०.९३, ब्यापार ०.८७ र हाइड्रोपावर ०.७६ प्रतिशतले बढेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया