ईमर्जिङ्ग नेपाल लिमिटेडले पुस २८ गते सातौं वाषिर्क साधारण सभा आह्वान गरेको छ । बानेश्वर ब्याङ्क्वेट थापागाँउ नयाँ बानेश्वरमा बिहान ११ बजे सभा बोलाइएको छ ।
कम्पनी सञ्चालक समितिको बैठकले गत आवबाट कुनैपनि लाभांश वितरण नगर्ने निर्णय यसअघि नै गरिसकेको छ । पुस २८ गते बस्ने साधारण सभाबाट आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वाषिर्क प्रतिवेदन‚ वासलात‚ नाफा नोक्सान लगायतका विषयमा छलफल भई पारित हुनेछ ।
सभाले सवर्साधारण सेयरधनीको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालक समेत निर्वाचन गर्नेछ । कम्पनीको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लागि पुस १३ गते बुधबारका दिन सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार पुस १२ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया