मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसँगै साधारण सभा समेत आह्वान गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १२.३५ प्रतिशतका दरले हुन आउने ११ करोड १५ लाख ७३ हजार ३६६ रुपैयाँ ६७ पैसा बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६५ प्रतिशतका दरले हुन आउने ५८ लाख ७२ हजार २८२ रुपैयाँ ४६ पैसा बराबरको नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
साथै बैठकले पुस २७ गते बुधबार बैंकको १७ औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । बैंकले पुस २७ गते सुनसरी उद्योग वाणिज्य संघ धरान, सुनसरीमा बिहान ११ बजे सभा डाकेको हो । सभाले प्रस्तावित लाभांश पारित गर्नुका साथै अन्य एजेण्डाहरु समेत पारित गर्नेछ ।
सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने सम्बन्धमा सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ ।
यस्तै आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्ताव पनि सभामा रहेको छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १४ गते बिहीबारदेखि २७ गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको छ । बुकक्लोज अनुसार पुस १३ गतेसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया