मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

0
Shares

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

लघुवित्तको सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीकोा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयर लगानीकर्ताहरुलाई लाभांश वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७९, बुधबार  १० : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।