नेपाली बजारमा पुस ६ गते बुधबार सुन-चाँदी दुबैको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन मंगलबारको तुलनामा सुनको भाउ बुधबार तोलामा ८०० रुपैयाँ तथा चाँदीको भाउमा २५ रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिनका तुलनामा मंगलबार १०० रुपैयाँ घटेर कारोबार भएको सुन बुधबार ८०० रुपैयाँले बढेको हो । आजका लागि छापावाल प्रतितोला १ लाख १ हजार २०० रुपैयाँ तथा तेजावी सुन प्रतितोला १ लाख ७०० रुपैयाँ तोकिएको छ । आजको लागि चाँदीको भाउ प्रतितोला १ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।
अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४०० रुपैयाँ तथा तेजावी सुन ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी ५ रुपैयाँ घटेर १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १८१४ तथा चाँदी २३.९९ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया