सेन्ट्रल फाइनान्सले बोनस नबाँड्ने

0
Shares

सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बोनस सेयर वितरण नगर्ने भएको छ । फाइनान्सले गत वर्षबाट नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव गरेको हो ।

फाइनान्स कम्पनीको पुस ३ गते सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ फाइनान्स कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरे पछि मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७९, बुधबार  १३ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।