सोल्टी होटलको सेयर मूल्य समायोजन

0
Shares

सोल्टी होटल लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको छ ।

सेयर वितरणका लागि होटलले बुधबार बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरपछि होटलको सेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले होटलको चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिसेयर २१५ रुपैयाँ २४ पैसा रुपैयाँ मूल्य कायम गरेको छ । बुधबार कारोबार भएको अन्तिम मूल्य २२६ रुपैयाँलाई आधार मानेर नेप्सेले समायोजित भाउ तोकेको हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटलले पुस ७ गते बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्दैछ । यसअनुसार पुस ६ गते (आज) सम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

बुधबार समायोजित सेयर मूल्यको आधारमा भोलि बिहीबार नेप्सेमा कारोबार खुल्नेछ ।

सोल्टी होटल लिमिटेडको २६.३१५ प्रतिशत लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।  होटलले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र २१.३१५ प्रतिशत नगद गरी कुल २६.३१५ प्रतिशत लाभांश वितरणको प्रस्ताव अनुमोदन गर्नेछ ।

हाल होटलको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँ रहेको छ । ४ करोड २१ लाख २८ हजार ९८६ रुपैयाँ बोनस वितरणपछि होटलको चुक्ता पुँजी ८८ करोड ४७ लाख ८ हजार ७१६ रुपैयाँ पुग्नेछ ।

कोभिड महामारी फैलिएका कारण पर्यटकहरुको आवागमनमा कमी आउँदा अघिल्लो दुई आव २०७७/७८ तथा २०७६/७७ बाट होटलले सेयरधनीलाई कुनैपनि लाभांश वितरण गर्न सकेको थिएन । आव २०७५/७६ बाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ६ पुस २०७९, बुधबार  १७ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।