नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष अर्यालले लिए शपथ

0
Shares

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष इश्वरी प्रसाद अर्यालले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

मंसिर १९ गते बसेको मन्त्रिपरिषदले अर्याललाई अध्यक्षमा नियुक्ति गरेको थियो । कम्पनीका निवर्तमान अध्यक्ष रविद्र प्रसाद घिमिरेले पदबाट राजीनामा दिएपछि सरकारले अर्याललाई अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलसहित बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझी र सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारी लगायतको उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७९, बुधबार  १७ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।