गुरु ट्राभल्स र मुक्तिनाथ विकास बैंकबीच समझदारी

0
Shares

पर्यटन क्षेत्रकै प्रथम पब्लिक ट्राभल कम्पनीको रुपमा स्थापित गुरु ट्राभल्स लिमिटेड तथा नेपालकै एक प्रतिष्ठित वित्तीय संस्था मुक्तिनाथ विकास बैंकबीच व्यवसायिक सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सहमति बमोजिम गुरु ट्राभल्स लिमिटेडले बैंक तथा यसका कर्मचारीहरूलाई अधिकारिक ट्राभल्स पार्टनरको रूपमा ट्राभल्स सेवामा विशिष्टीकृत सेवाका साथ विभिन्न छुट तथा सुविधाहरु उपलब्ध गराउने छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले एकआपसमा जोडिन पाउँदा हर्षित भएको एवं भविष्यमा एक अर्कासँग सहकार्य कायम रहने विश्वास रहेको बताए ।

मुक्तिनाथ विकास बैंक, प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलको समुपस्थितिमा बैंकका तर्फबाट संस्थाका सह नायब प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरूङ तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले सो समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा दुइटै संस्थाका वरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७९, बुधबार  १८ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।