नेरुडे लघुवित्तले घोषणा गर्यो लाभांश

0
Shares

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको कामाईबाट २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश गरी कुल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

पुस ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश कम्पनीका सेयरधनीलाई वितरण गरिनेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७९, बिहिबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।