सुरक्षित लगानी गर्न चाहनेका लागि “एनआईबिएल ग्रोथ फण्ड” का इकाई बिक्री सुरु


पुँजी बजारमा सुरक्षित लगानी गर्न चाहनेहरुका लागि ‘एनआईबिएल ग्रोथ फण्ड’ का इकाई निष्काशन सुरु भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रबद्र्धक तथा एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत उक्त फण्डका इकाई निष्काशन सुरु भएको हो ।

योजनाको सार्वजनिक निष्काशन पुस ७ गतेदेखि छिटोमा पुस १२ र ढिलोमा पुस २१ गतेसम्म हुनेछ । फण्डका इकाईमा न्यूनतम १ हजार रुपैयाँ बराबरको १०० इकाईदेखि अधिकतम १६ करोड रुपैयाँसम्मको आवेदन दिन सकिन्छ । लगानीकर्ताहरुले आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी माइ आस्वामा गएर फण्डका इकाई खरिदका लागि आवेदन दिन सक्छन् ।

एनआईबिएल म्युचुअल फण्ड अन्तरगत पाँचौ योजनाका रुपमा प्रति इकाई १० रुपैयाँको दरमा १ अर्ब ६० करोड रुपैयाँको १० वर्ष अवधिको हाल सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन सुरु भएको हो ।

नेपाल धितोपत्र बोडले २०७९ मंसिर १८ गते उक्त फण्डका इकाई निष्काशन गर्न अनुमति दिएको थियो ।

योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफल इफेक्टिभ एन्नुअल रिटर्नका रुपमा २०.२५ प्रतिशत प्रतिफल दिन सक्ने प्रक्षेपण फण्डले गरेको छ ।

“एनआईबिएल ग्रोथ फण्ड” का इकाईहरु निष्काशन पुरा भए पश्चात नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयावधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिन्छ ।

योजनाको विवरण पुस्तिका एनआईबिएल एस क्यापिटलको वेबसाईट तथा नेपाल धितोपत्र बोर्डको वेव साईटबाट हेर्न सकिन्छ ।

“एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत यस अघि ३ वटा बन्दमुखी योजना तथा एउटा खुलामुखी योजना समेत संचालनमा रहेको छ ।

“एनआईबिएल समृद्धि फण्ड –१” को ७ वर्ष समयावधि पूरा भई परिपक्क भईसकेको र उक्त अवधिभर कुल ९८.५० प्रतिशत प्रतिफल समेत वितरण गरिसकेको क्यापिटलले जनाएको छ । यो प्रतिफल बार्षिक औषत १८ प्रतिशतको हाराहारी हो ।

अहिले सञ्चालमा रहेका अन्य दुई बन्दमुखी योजनाहरु एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड –२ हुन् भने नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागीता फण्ड” पनि यसै म्युचुअल फण्ड अन्तर्गत संचालनमा छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।